बसन्त कार्की
टोरन्टो, क्यानडा | जुन २५, २०२६
गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए.) क्यानडाले सञ्चालन गरिरहेको भवन खरिद महाअभियान–२०२६ अन्तर्गत आयोजना गरिने विशेष सांगीतिक कार्यक्रमका लागि चर्चित नेपाली गायिका समीक्षा अधिकारी क्यानडा आइपुगेकी छन्। क्यानडाका विभिन्न शहरहरूमा आयोजना हुने सांगीतिक कार्यक्रममार्फत भवन खरिद अभियानलाई आर्थिक तथा नैतिक सहयोग पुर्याउने उद्देश्य राखिएको
एन.आर.एन.ए. क्यानडाले आफ्नै स्थायी भवन खरिद गर्ने लक्ष्यसहित देशव्यापी महाअभियान सञ्चालन गरिरहेको छ। यस अभियानलाई सफल बनाउन क्यानडाभर रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई अभियानलाई साथ दिन आयोजकले आग्रह गरेको छ।
नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायिका समीक्षा अधिकारीका दर्जनौँ गीतहरू नेपाल तथा विदेशमा रहेका नेपालीमाझ अत्यन्तै लोकप्रिय छन्। उहाँको उपस्थितिले क्यानडामा आयोजना हुने सांगीतिक कार्यक्रमप्रति नेपाली समुदायमा उत्साह थपिएको आयोजकको विश्वास छ।
आयोजकका अनुसार भवन खरिद महाअभियान अन्तर्गत क्यानडाका विभिन्न शहरहरूमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रमबाट संकलित रकम एन.आर.एन.ए. क्यानडाको दीर्घकालीन सामुदायिक हितका लागि आफ्नै भवन खरिद गर्ने अभियानमा उपयोग गरिने जनाइएको छ।
एन.आर.एन.ए.=क्यानडाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई भवन खरिद महाअभियानलाई सफल बनाउन सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

