ब्राम्पटन वार्ड ३ र ४ का लागि गीता दवाडी ढकालको उम्मेदवारी प्रचार तीव्र

ब्राम्पटन, क्यानडा — ब्र्याम्प्टनका वार्ड ३ र ४ का बासिन्दाहरूको आवाज सुन्ने र प्रतिनिधित्व गर्ने प्रतिबद्धतासहित गीता दवाडी ढकालले आफ्नो चुनावी अभियानलाई अघि बढाएकी छन्। प्रचार सामग्रीमा ढकालले पूर्वाधार विकास, युवा गतिविधि, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको पक्षमा वकालत गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ।

ढकालको चुनावी एजेन्डामा सम्पत्ति करको जिम्मेवार उपयोग, समुदायमा पारदर्शिता, सुरक्षित वातावरण, विविधता, समानता र समावेशिता जस्ता विषयहरू समेटिएका छन्। उनले वार्ड ३ र ४ का बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै बलियो समुदाय निर्माण गर्ने लक्ष्य राखेको प्रचार सामग्रीमा उल्लेख गरिएको छ।

प्रचार पोस्टरअनुसार मतदान दिवस अक्टोबर २६, २०२६ तोकिएको छ भने अग्रिम मतदान अक्टोबर ९, १०, ११, १३, १४, १५, १६, १७, २०२६ मा हुनेछ।

“Listen and represent to the residents of Wards 3 & 4” भन्ने नारासहित ढकालले आफूलाई सुन्ने, हेरचाह गर्ने र परिणाम दिने नेताको रूपमा प्रस्तुत गरेकी छन्। अभियानबारे थप जानकारीका लागि उनको वेबसाइट ElectgitaBrampton.ca उल्लेख गरिएको छ।