Sign in
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • स्थानिय तह
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Mount Everest Television
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • स्थानिय तह
Home समाचार ओलीमाथि बढ्दो दबाबबीच एमाले सचिवालय बैठक आज पनि जारी
  • समाचार

ओलीमाथि बढ्दो दबाबबीच एमाले सचिवालय बैठक आज पनि जारी

By
Mount Everest
-
May 24, 2026
11
0
Facebook
X
Pinterest
WhatsApp

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। बिहान साढे ११ बजे सुरु हुने बैठकमा सचिवालय सदस्यहरूले पार्टीको वर्तमान अवस्था, नेतृत्व र पुनर्गठनबारे आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिनेछन्।

    एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीलगायत नेताहरूले आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    गत शुक्रबारदेखि जारी बैठकमा अधिकांश सदस्यहरूले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। १९ सदस्यीय सचिवालयमध्ये हालसम्म १० जना सदस्यहरूले संगठन सुदृढीकरण र नेतृत्व पुनर्संरचनाको पक्षमा मत व्यक्त गरेका छन्।

    यसअघि अध्यक्ष ओलीका निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेलले समेत पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। यद्यपि, उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले भने ओलीको नेतृत्वको पक्षमा खुलेर समर्थन जनाएका छन्।

    आजको बैठकको अन्त्यमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यक्रम तय गरिएको छ। साथै, अध्यक्षद्वारा प्रस्तावित कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिने तयारी गरिएको छ।

    बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नुका साथै संविधान संशोधन र निर्वाचन समीक्षाका लागि छुट्टाछुट्टै कार्यदल गठन गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ।

    • TAGS
    • #एमाले सचिवालय
    Facebook
    X
    Pinterest
    WhatsApp
      Mount Everest
      Mount Everest
      https://everesttelevision.com

      Mount Everest Television Canada
      Brampton, Canada
      Email: info@everesttelevision.com
      Mob :+14373358037

      हाम्रो टीम
      प्रधान सम्पादक : बसन्त कार्की
      प्रबन्ध निर्देशक : क्षितिज थापा
      कार्यकारी सम्पादक: रिता बुर्लाकोटी
      संवाददाता: मौसम कार्की

      © Mount Everest Television Canada