Sign in
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • स्थानिय तह
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Mount Everest Television
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • स्थानिय तह
Home समाचार असन सम्पदा मार्ग बन्दै, शनिबार सवारी प्रवेशमा पूर्ण रोक
  • समाचार

असन सम्पदा मार्ग बन्दै, शनिबार सवारी प्रवेशमा पूर्ण रोक

By
Mount Everest
-
April 15, 2026
17
0
Facebook
X
Pinterest
WhatsApp

    काठमाडौं : काठमाडौँ महानगरपालिका ले ऐतिहासिक व्यापारिक केन्द्र असन को मौलिक स्वरूप पुनर्जीवित गर्न वैशाख ५ गतेदेखि विशेष अभियान सुरु गर्ने भएको छ। अभियानअन्तर्गत हरेक शनिबार असन क्षेत्रमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइनेछ।

    महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल को अध्यक्षतामा बसेको बैठकले असनलाई ‘सम्पदा मार्ग’का रूपमा विकास गर्ने लक्ष्यसहित योजना अघि सारेको हो। ‘नुनदेखि सुनसम्म’ पाइने ऐतिहासिक थलोका रूपमा परिचित असनको सांस्कृतिक पहिचान जोगाउँदै नयाँ पुस्तासम्म यसको महत्व पुर्‍याउने उद्देश्य राखिएको छ।

    यस कार्यक्रमअनुसार वडा नम्बर २७ अन्तर्गतका कमलाक्षी चोक, भोटाहिटी र महाबौद्धबाट असनतर्फ आउने सवारीसाधनहरू शनिबारका दिन निषेध गरिनेछ। वैकल्पिक मार्गको व्यवस्था गरिनेछ भने पैदलयात्रीको सुरक्षा र सहजताका लागि महानगर प्रहरीलाई विशेष जिम्मेवारी दिइएको छ।

    स्थानीय समुदाय, क्लब तथा सङ्घसंस्थाको सहभागितामा सञ्चालन हुने अभियानले वायु प्रदूषण घटाउनुका साथै सहरी वातावरण सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। वडाध्यक्ष योगेश खड्गी का अनुसार यातायात व्यवस्थापन प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी र महानगर प्रहरीबीच समन्वय गरिएको छ।

    यस अभियानले असन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउँदै सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।

    • TAGS
    • #असन
    Facebook
    X
    Pinterest
    WhatsApp
      Mount Everest
      Mount Everest
      https://everesttelevision.com

      Mount Everest Television Canada
      Brampton, Canada
      Email: info@everesttelevision.com
      Mob :+14373358037

      हाम्रो टीम
      प्रधान सम्पादक : बसन्त कार्की
      प्रबन्ध निर्देशक : क्षितिज थापा
      कार्यकारी सम्पादक: रिता बुर्लाकोटी
      संवाददाता: मौसम कार्की

      © Mount Everest Television Canada