Sign in
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • स्थानिय तह
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Mount Everest Television
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • स्थानिय तह
Home समाचार कर्मचारी आचारसंहिता कडाइका साथ लागू गर्न सरकारको निर्देशन
  • समाचार

कर्मचारी आचारसंहिता कडाइका साथ लागू गर्न सरकारको निर्देशन

By
Mount Everest
-
April 22, 2026
24
0
Facebook
X
Pinterest
WhatsApp

     

    काठमाडौं । कर्मचारीतन्त्रमा सुधार ल्याउने उद्देश्यसहित सरकारले आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गर्दै कर्मचारी आचारसंहितालाई अक्षरशः लागू गर्न भनेको हो।

    मन्त्रालयकी सचिव चन्द्रकला पौडेल द्वारा जारी निर्देशनमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको निर्णयअनुसार ‘शासकीय सुधारका एकसय कार्यसूची’ कार्यान्वयनमा जोड दिइएको छ।

    उक्त कार्यसूचीअन्तर्गत बुँदा नम्बर १३ ले कर्मचारीतन्त्रमा देखिएका भ्रष्टाचार, ढिलासुस्ती र सेवाग्राहीप्रति असहज व्यवहार अन्त्य गर्दै प्रशासनलाई उत्तरदायी, सेवामुखी र जनमुखी बनाउने लक्ष्य राखेको छ।

    निर्देशनमा कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष र तटस्थ रूपमा काम गर्नुपर्ने तथा सरकारका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध हुनुपर्ने उल्लेख गरिएको छ।

    मन्त्रालयले निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० र निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ लगायत प्रचलित कानुनअनुसार आचारसंहिताको पूर्ण पालना गराउन र त्यसको नियमित अनुगमन गर्न पनि निर्देशन दिएको छ।

    सरकारले प्रशासनिक सुधारमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

     

    • TAGS
    • #कर्मचारी
    Facebook
    X
    Pinterest
    WhatsApp
      Mount Everest
      Mount Everest
      https://everesttelevision.com

      Mount Everest Television Canada
      Brampton, Canada
      Email: info@everesttelevision.com
      Mob :+14373358037

      हाम्रो टीम
      प्रधान सम्पादक : बसन्त कार्की
      प्रबन्ध निर्देशक : क्षितिज थापा
      कार्यकारी सम्पादक: रिता बुर्लाकोटी
      संवाददाता: मौसम कार्की

      © Mount Everest Television Canada