काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री शाहको सचिवालयमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित २५ जना रहेका छन् ।

जसमा केबल चारजनाको मात्रै सल्लाहकार टीम छ । जसमा मुख्य सल्लाहकार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना प्रविधि मन्त्रालयतर्फबाट सल्लाकारमा विवेक मिश्र छन् ।

उता स्वकीयतर्फ प्रधानमन्त्रीले १० जनाको टीम बनाएका छन् । जसमा प्रमुख स्वकीय सचिवमा सुवास शर्मा रहेका छन् । स्वकीय सचिवमा नवीन भण्डारी छन् ।

अर्कातिर निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियार, उपसचिव तुलराज सुनुवार र शाखा अधिकृत चूडामणि बस्यालसहित ११ जना रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका सल्लाहकार र कर्मचारी

सल्लाहकार समूह
क्र.सं. नाम पद टिप्पणी
१ श्री कुमार व्यञ्जनकार मुख्य सल्लाहकार
२ श्री असिम शाह राजनीतिक सल्लाहकार
३ श्री सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार
४ श्री विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि मन्त्रालय स्वकीय

स्वकीय सचिवालय

क्र.सं. नाम पद
१ श्री सुवास शर्मा प्रमुख स्वकीय सचिव
२ श्री नवीन भण्डारी स्वकीय सचिव
३ श्री सञ्जीव पाण्डे स्वकीय सहसचिव (विकास परियोजना)
४ श्री प्रकृति ढकाल स्वकीय उपसचिव
५ श्री विशाल अधिकारी स्वकीय उपसचिव
६ श्री सुरेन्द्र बजगाईं
७ श्री विनय शाक्य स्वकीय शाखा अधिकृत (फोटोग्राफर)
८ श्री अमृत पाण्डे स्वकीय शाखा अधिकृत (प्रेस सहजकर्ता)
९ श्री अनुप थापा मगर कम्प्युटर सहायक (भिडियोग्राफर)
१० श्री ऋषि थापा प्रशासन सहायक

निजी सचिवालय
क्र.सं. नाम पद श्रेणी
१ श्री प्रदीप परियार सहसचिव रा.प. प्रथम सरह
२ श्री तुलाराज सुनुवार उपसचिव रा.प. द्वितीय सरह
३ श्री चुडामणि बस्याल शाखा अधिकृत रा.प. तृतीय सरह
४ डा. गणेश प्रसाद खनाल शाखा अधिकृत रा.प. तृतीय सरह
५ श्री निरज महर्जन शाखा अधिकृत रा.प. तृतीय सरह
६ श्री लिलाराज काफ्ले शाखा अधिकृत रा.प. तृतीय सरह
७ श्री नुतन गौतम नायब सुब्बा रा.प. अनं. प्रथम सरह
८ श्री भुपध्वज राई क.अ. रा.प. अनं. प्रथम सरह
९ श्री राजकृष्ण महर्जन हे.टे.ब्वाई
१० श्री बलराम खड्का ह.स.चा.
११ श्री दिनेश श्रेष्ठ कार्यालय सहयोगी